khabar

By No Author
Published: September 17, 2015 04:36 AM
chitralama00@gmail.com

www.facebook.com/groups/194855024016018/permalink/497994730368711/

जगतमान बल दाईको facebook wall बाट साभार गरिएको । 

आप्पालाई चिठ्ठी......
हिजो राती 
भित्ते घडीको धावकले
नौको स्टेशन छुदै थियो,
ठिक त्यही बेला
टिरिङरिङ .....
टिरिङरिङ......
घण्टी आयो,
उठाईदिउँ ?
हात अघि बढ्छ 
नाई, नाई ,
मनभरि खैलाबैला 
ज्वारभाटा उर्लिन थाल्यो,
फेरि
टिरिङरिङ .....
टिरिङरिङ......
आँखा त्यँही थियो
मात्र हेरिरहें...हेरिरहें 
तर उठाउन सकिन
अचेल त्यही नम्बरबाट हो
धेरै सम्झना आउने
र
त्यही नम्बर हो 
मैले धेरै नसम्झन कोशिस गर्नेे पनि,
फोन थियो आप्पाको ।।
.........सरी आप्पा.........
हजुरको फोन उठाईन
आँफै जलेर
सुगर र मुटुको पिडा सहेर
छोराको ज्यादा चिन्ता लिनुहुन्छ हैन ?
आप्पा 
म यहि शहरमा छु
छोराले कत्तै बाटो विरायोकी भन्ने चिन्ता होला, 
नाई,म कहाँ त्यसो गर्न सक्छु र आप्पा ?
मैले बाटो बिराएँ भने
नैतिकतालाई गिराएँ भने
म मेरेको दिन
मलामीको चिन्ता पर्ने छैन आप्पा 
हो, म मरेको दिन
मलामीहरु स्वःस्फुर्त लाग्नेछन् मेरो लासको पछि पछि । 
हजुरको छोरोले
गुन्द्रुक र ढिंडो विर्सेको भए
अष्ट म्हेम्हेको डम्फुको लय भुलेको भए
यो आडम्बरको खोक्रो दुनियाँमा
मेसीनरी हाँसो हाँसिरहेको हुन्थें,
तपाईंको साईलो
सेक्सपियर हुन्थें
तिमाले दोर्जे जगत 
ज्याक्सन हुन्थें ।
खै आप्पा !
यो हावा कता बत्तिएर जान्छ थाहा छैन,
हरेक विहान कौसीमा चारो खोज्दै 
आउने परेवाले 
हजुरमाझ 
मेरो मनोभाव बोकेर आउछ या आउदैन ?
त्यो पनि थाहा छैन ।
घर छोडेदेखी
पहिलो पटक
आज म हजुरलाई एउटा चिठ्ठि लेखिरहेछु.......
.......मेरो आप्पा....
यहाँ त बिनास्वार्थ डेग चल्दैन 
बिनास्वार्थ कोही बोल्दैनन् 
कोही खाँदैनन् 
कोही सुत्दैनन्
कोही दौडिदैनन्
कोहि हाँस्दैनन्
र रुदैनन् पनि ।
यो कस्तो शहर ?
मान्छेको शहर हो भने
धनले पुरेको चुरीफुरी प्रवित्ति
रिस,आवेग
र
घमण्डको बन्दुकले 
फक्रिदै गरेको 
निर्दोष भावनाको हत्या गर्न मिल्दैन,
मान्छे 
मान्छेनै हो भने
त्यो पानीको बोत्तल जस्तो हैन
पिएर फाल्ने,
जुत्ता जस्तो त झन हुदै हैनन् 
फाटे अर्को किन्ने,
त्यसैले म मान्छेभित्र मान्छे खोजिरहेछु,
हो,म मान्छेभित्र मान्छे खोजिरहेछु ।
आप्पा,
हजुरलाई थाहा छनि
म शहरको एउटा कुनामा
अझै यो माईक्रोफोनसंग रम्दैछु भनेर
दशक टेक्नै लागेछ,
कलम र माईक्रोफोनसंग संगत परेको,
यी दश वषन्तहरुमा
मैले मेरा खातिर
हरियाली 
सुन्दर 
पालुवा भरेको
ढकमक्क फुलेको 
कलकलाउँदो
ऋतु मागिन
म मभित्र हामी देख्थें
मेरो एउटा सपनाको घरभित्र हजार अटाउथे
मिसनको हृदयमा हजारौं 
जीवन देख्थें

हो आप्पा,
म मेरै निम्ती बाँचेको भए
संग्रह भुतले प्यार गथ्र्यो
भरिभराउ हुन्थें
थाहा थियो यि सब नाटक हुन्
क्षणिक हुन्
भोग विलास,तृप्ती र सुख हुन्
तर खुसी हैनन् ।
हो,त्यसैले त म लम्किरहें 
उहि रफ्तारमा 
उहि बाटो
उहि मिसनका लागि ।
....आप्पा 
मुक्तिसंग्रामको मोर्चाबाट एउटा खबर.....
धेरै 
धेरै पछि
आज
मिसन पुरा गर्न 
नायिकाको जन्म भएको छ ।
भनुं ?
रहस्यमयी लाग्ला,
भन्नुहोला दोर्जेले समयसंग आत्मसमर्पण गर्दैछ
पक्का 
त्योस्तो त सोच्नुपनि हुन्न मलाई
हैन आप्पा ?
यत्ति सजिलै
दुनियाँ भुलेर
म मभित्रै हराउन कहाँ सक्छु र ?
वेमत्लबी
आफैं गर भन्दै
एक्ला एक्लै दौडिने
मै गर्छु
मै पिउँछुको
अहम्का धनी
आफैंसंग प्रतिस्पर्धा गर्ने
तर कहिल्यै जीत नहुने
यो समयलाई
बदल्ने या 
यहि समयको दाशी बन्ने ?
आप्पा
विश्वास टरेको छैन,
युग जन्माउने मान्छे पनि त थिए
ढुक्क छु
फेरि पनि
जन्मिनेछन् त्यस्ता युगमानवहरु,
जुन दिन मिसन पुरा हुनेछ
त्यो दिन
पर्दापछाडिका पात्रहरुसंगै
मनदेखी मनसम्मको हाँसो बोकेर 
नायिका डोल्मा पनि देखापर्नेछिन्,
लाखौं सवाल्र्टनहरुको माझमा ।
यहि खुसीमा
घरको खोपाभित्रका जोडी परेवा पनि
भुर्ररर्र उड्नेछन्
खुल्ला गगनमा
एक फन्को लाउदै

 

 

www.facebook.com/groups/194855024016018/permalink/497994730368711/

जगतमान बल दाईको facebook wall बाट साभार गरिएको । 

आप्पालाई चिठ्ठी......
हिजो राती 
भित्ते घडीको धावकले
नौको स्टेशन छुदै थियो,
ठिक त्यही बेला
टिरिङरिङ .....
टिरिङरिङ......
घण्टी आयो,
उठाईदिउँ ?
हात अघि बढ्छ 
नाई, नाई ,
मनभरि खैलाबैला 
ज्वारभाटा उर्लिन थाल्यो,
फेरि
टिरिङरिङ .....
टिरिङरिङ......
आँखा त्यँही थियो
मात्र हेरिरहें...हेरिरहें 
तर उठाउन सकिन
अचेल त्यही नम्बरबाट हो
धेरै सम्झना आउने
र
त्यही नम्बर हो 
मैले धेरै नसम्झन कोशिस गर्नेे पनि,
फोन थियो आप्पाको ।।
.........सरी आप्पा.........
हजुरको फोन उठाईन
आँफै जलेर
सुगर र मुटुको पिडा सहेर
छोराको ज्यादा चिन्ता लिनुहुन्छ हैन ?
आप्पा 
म यहि शहरमा छु
छोराले कत्तै बाटो विरायोकी भन्ने चिन्ता होला, 
नाई,म कहाँ त्यसो गर्न सक्छु र आप्पा ?
मैले बाटो बिराएँ भने
नैतिकतालाई गिराएँ भने
म मेरेको दिन
मलामीको चिन्ता पर्ने छैन आप्पा 
हो, म मरेको दिन
मलामीहरु स्वःस्फुर्त लाग्नेछन् मेरो लासको पछि पछि । 
हजुरको छोरोले
गुन्द्रुक र ढिंडो विर्सेको भए
अष्ट म्हेम्हेको डम्फुको लय भुलेको भए
यो आडम्बरको खोक्रो दुनियाँमा
मेसीनरी हाँसो हाँसिरहेको हुन्थें,
तपाईंको साईलो
सेक्सपियर हुन्थें
तिमाले दोर्जे जगत 
ज्याक्सन हुन्थें ।
खै आप्पा !
यो हावा कता बत्तिएर जान्छ थाहा छैन,
हरेक विहान कौसीमा चारो खोज्दै 
आउने परेवाले 
हजुरमाझ 
मेरो मनोभाव बोकेर आउछ या आउदैन ?
त्यो पनि थाहा छैन ।
घर छोडेदेखी
पहिलो पटक
आज म हजुरलाई एउटा चिठ्ठि लेखिरहेछु.......
.......मेरो आप्पा....
यहाँ त बिनास्वार्थ डेग चल्दैन 
बिनास्वार्थ कोही बोल्दैनन् 
कोही खाँदैनन् 
कोही सुत्दैनन्
कोही दौडिदैनन्
कोहि हाँस्दैनन्
र रुदैनन् पनि ।
यो कस्तो शहर ?
मान्छेको शहर हो भने
धनले पुरेको चुरीफुरी प्रवित्ति
रिस,आवेग
र
घमण्डको बन्दुकले 
फक्रिदै गरेको 
निर्दोष भावनाको हत्या गर्न मिल्दैन,
मान्छे 
मान्छेनै हो भने
त्यो पानीको बोत्तल जस्तो हैन
पिएर फाल्ने,
जुत्ता जस्तो त झन हुदै हैनन् 
फाटे अर्को किन्ने,
त्यसैले म मान्छेभित्र मान्छे खोजिरहेछु,
हो,म मान्छेभित्र मान्छे खोजिरहेछु ।
आप्पा,
हजुरलाई थाहा छनि
म शहरको एउटा कुनामा
अझै यो माईक्रोफोनसंग रम्दैछु भनेर
दशक टेक्नै लागेछ,
कलम र माईक्रोफोनसंग संगत परेको,
यी दश वषन्तहरुमा
मैले मेरा खातिर
हरियाली 
सुन्दर 
पालुवा भरेको
ढकमक्क फुलेको 
कलकलाउँदो
ऋतु मागिन
म मभित्र हामी देख्थें
मेरो एउटा सपनाको घरभित्र हजार अटाउथे
मिसनको हृदयमा हजारौं 
जीवन देख्थें

हो आप्पा,
म मेरै निम्ती बाँचेको भए
संग्रह भुतले प्यार गथ्र्यो
भरिभराउ हुन्थें
थाहा थियो यि सब नाटक हुन्
क्षणिक हुन्
भोग विलास,तृप्ती र सुख हुन्
तर खुसी हैनन् ।
हो,त्यसैले त म लम्किरहें 
उहि रफ्तारमा 
उहि बाटो
उहि मिसनका लागि ।
....आप्पा 
मुक्तिसंग्रामको मोर्चाबाट एउटा खबर.....
धेरै 
धेरै पछि
आज
मिसन पुरा गर्न 
नायिकाको जन्म भएको छ ।
भनुं ?
रहस्यमयी लाग्ला,
भन्नुहोला दोर्जेले समयसंग आत्मसमर्पण गर्दैछ
पक्का 
त्योस्तो त सोच्नुपनि हुन्न मलाई
हैन आप्पा ?
यत्ति सजिलै
दुनियाँ भुलेर
म मभित्रै हराउन कहाँ सक्छु र ?
वेमत्लबी
आफैं गर भन्दै
एक्ला एक्लै दौडिने
मै गर्छु
मै पिउँछुको
अहम्का धनी
आफैंसंग प्रतिस्पर्धा गर्ने
तर कहिल्यै जीत नहुने
यो समयलाई
बदल्ने या 
यहि समयको दाशी बन्ने ?
आप्पा
विश्वास टरेको छैन,
युग जन्माउने मान्छे पनि त थिए
ढुक्क छु
फेरि पनि
जन्मिनेछन् त्यस्ता युगमानवहरु,
जुन दिन मिसन पुरा हुनेछ
त्यो दिन
पर्दापछाडिका पात्रहरुसंगै
मनदेखी मनसम्मको हाँसो बोकेर 
नायिका डोल्मा पनि देखापर्नेछिन्,
लाखौं सवाल्र्टनहरुको माझमा ।
यहि खुसीमा
घरको खोपाभित्रका जोडी परेवा पनि
भुर्ररर्र उड्नेछन्
खुल्ला गगनमा
एक फन्को लाउदै